अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-१२-०९
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो ४ सय ३५ ग्राम सहित थाइल्याण्डका नागरिक ३९ वर्षीय YONGYUT THUION लाई गए राति प्रहरीले पक्राउ गरेको छ । थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोल घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जिबन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ बलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४९ मिलिग्राम सहित सोही नगरपालिका-६ जब्दी बस्ने २४ वर्षीय बिपिन दाहाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ जुटमिलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ५० मिलिग्राम सहित विराटनगर महानगरपालिका-१५ बस्ने २९ वर्षीय मोहन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय देबेन्द्र खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थान सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ कन्चनलाइनस्थित शिखर खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट, स्पास्पेन २ सय ९० ट्याब्लेट र डिकोलिक ३ सय २० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राई रहेका छन् । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्राम सहित कृष्णपुर नगरपालका-७ कलुवापुर बस्ने २४ वर्षीय भिम रानालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००८ प९७३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रानालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।