भरुवा बन्दुक सहित १ जना पक्राउ
२०७८-०६-०७
- A
- A-
- A+
जाजरकोट, २०७८ असोज ६ गते
भेरी नगरपालिका-६ भेरे बस्ने ५५ वर्षीय रगवीर घर्तीलाई १ थान एकनाले भरुवा बन्दुक सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँमा अवैध रुपमा उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।