प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८२-१२-११

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्युचाटार घर भएका ४९ वर्षीय सुजन खत्री र  काठमाडौं बाफल बस्ने कैलाली घर भएका २१ वर्षीय ईमानसु बुढा रहेका छन् । प्रहरी वृत्त कालीमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० कपन बस्ने झापा घर भएका २४ वर्षीय सुनिल सान्थललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा निजको साथी काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय सुदिप बन्जराको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय १० मिलिग्राम र एसएलआरको गोली १ राउण्ड फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

भक्तपुर, भक्तपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने नुवाकोट घर भएका २० वर्षीय सुनिल भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, भजनी नगरपालिका-५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका-२ परागीपुर बस्ने ३० वर्षीय प्रकाश भण्डारी समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ मुलपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अनुज शाही समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले अनुजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित ब्यास नगरपालिका-१४ बस्ने २५ वर्षीय केशव थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट भिमादतर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको इभि माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्साहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१ बस्ने २० वर्षीय आकाश चौधरी र  सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अबिषेक चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्सहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४४ मिलिग्राम सहित  सोही नगरपालिका-३ खरेन्द्रपुर बस्ने ३१ वर्षीय सुरज पाण्डेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ४६ ट्याब्लेट, स्पास्पेन ४ हजार ट्याब्लेट र डिकोलिक २ सय २८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय अनिल लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  

नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १६ ट्याब्लेट र नाइट्राभेट ६० ट्याब्लेट सहित नवलपरासी पुर्व मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बस्ने २९ वर्षीय सुमन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र  नगद ३८ हजार सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सौरव वली, सोही उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय बिशाल विक र २४ वर्षीया मीना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सौरवको घर तलासी गर्दा  उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-१३ जागृती टोलमा बस्ने सिर्जना चौधरीको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६ सय २० मिलिग्राम फेला पारी सिर्जना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-१२-१५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ हजार ५ सय ट्याब्लेट सहित पर्सा पकहाँ मैनपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौरासिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ सय ग्राम सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेतिया बस्ने ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरीब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-१२-१५

बझाङ, जयपृथ्वी नगरपालिका-९ चिउरीखानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदिप बोहरा र २३ वर्षीय तिलक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले किरणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ बिहिबारे बस्ने ३२ वर्षीय दिप्लुङ राई समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-१ ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अमृत श्रेष्ठ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.१९ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१२-१४

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय ४० मिलिग्राम र नगद ९० हजार ४ सय ८० रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कर्णपथ बस्ने ४५ वर्षीय मोहम्मद नौषाद आलम र भारत महाराजगंज थाना सोनौली बस्ने २६ वर्षीय मोहम्मद युसुफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवावाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध ओपीडोल ७ सय ९० ट्याब्लेट, स्पास्पेन ८ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ५ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय चुडामणी रायमाझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको स.१ ज ५०३ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित देवानगन्ज गाउँपालिका-१ बस्ने २३ वर्षीय राकेश कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले बि ३८ एल २९६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय केशव खत्री समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले म.१ च ७०८ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार जिप चालकको खोजी गरिरहेको छ । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-४ दया अमरपुर शिविर बस्ने ३० वर्षीय सन्जु चौधरी र उनकै श्रीमती २४ वर्षीया जानकी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.५ प ६४२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-६ गिरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत ठाकुरगंज घर भएका ३७ वर्षीय बेचन यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली कलगैराचोकबाट नियन्त्रित लागूऔषैध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने काभ्रे घर भएका ३३ वर्षीय रमेश लामा भन्ने सुजन लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बा.४९ प ५६९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-१२-१३

काठमाडौं,  काठमाडौं महानगरपालिका-६ मित्रनगरस्थित रूकुमेली सिमुतु अनिषा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय २० मिलिग्राम सहित काठमाडौं तार्केश्वर गोलढुङ्गा बस्ने पाँचथर घर भएका २३ वर्षीय रोवीट गुरूङ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र नगद २ लाख रूपैयाँ सहित सोही नगरपालिका-२ बस्ने २७ वर्षीय निशान डंगोललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने ३३ वर्षीय मो. जाबिर आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ बिर्ताबजार बस्ने २८ वर्षीय अजय रिऋदेब समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ झापा चोक बस्ने २४ वर्षीय दिपेश राजबंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ रातामाटा बस्ने ३८ वर्षीय तेज बहादुर दमाई र दाङ तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने २७ वर्षीय देबेन्द्र सिंह मल्ल रहेका   छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१२-१२

काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोकस्थित सिटि हेभन होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम सहित सिराहा, सिरहा नगरपालिका-८ घर भएका २९ वर्षीय रक्की कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको ४०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ नयाँ बजार फलफूल चोकबाट अवैध लागूऔषध पोलेन २ सय २० ग्राम सहित काठमाडौं स्वयम्भू बस्ने गोरखा गण्डकी गाउँपालिका-४ घर भएका ३८ वर्षीय रमेश बसेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय दिनेश कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित बाँसगढी नगरपालिका-३ बस्ने ३५ वर्षीय गंगाराम सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-६ जलजले बस्ने ४२ वर्षीय गणेश कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले प्र.०१-०५-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बिजौरी बस्ने २३ वर्षीय प्रभात झाक्री मगर र २४ वर्षीय बिराट घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-‍६ बागमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय गणेश विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने ३८ वर्षीय प्रेम लाल राना र ४३ वर्षीय मागुराम चौधरी रहेका छन् । प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ पानीट्याङ्की बस्ने ३० वर्षीय रितिक थामी समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट र स्पास्पेन ६ सय १० ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरीले रितिकको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुका पुलबाट अवैध लागूऔषध गाँजा करिब १७ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय शिखर राई र १९ वर्षीय विश्व राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरीले विष्णुपादुकाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।