प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

२०७८-११-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी इचङ्गुनारायण नगरपालिका-२ ठूलोभर्‍याङ बस्ने संखुवासभा मकालु गाउँपालिका-१ स्थायी वतन भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पालाई घटनाको २४ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उनीउपर जिल्ला अदालत संखुवासभाबाट २०६१ चैत १० गते ५ वर्ष कैद र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं ठूलोभर्‍याङमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई २०५४ पुस १८ गते राति मकालु गाउँपालिकास्थित चत्वेक भन्ने स्थानमा पीडित महिला एक्लै आउँदै गरेको फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।    

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।