हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१२-१४
- A
- A-
- A+
काठमाडौं, आफ्नै श्रीमती ३७ वर्षीया बिमला रानाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ छाप्रो चोक डेरा गरी बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका-७ घर भएका ४२ वर्षीय तेज बहादुर रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
तेज बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएकी बिमलाको ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।