नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
२०८२-१२-२२
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३ तेस्रापट्टीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३८ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल र फेनारगन ३७ एम्पुल सहित सोही महानगरपालिका-१६ बाटुलेचौर बस्ने पाल्पा तानसेन घर भएका ४५ वर्षीय संजय श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।