अवैध लागूऔषध सहित पक्राउ
२०७८-११-०४
- A
- A-
- A+
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ८ सय ८० ग्राम लागूऔषध गाँजा र १ सय २३ ट्याब्लेट लागूऔषध नाईट्राभेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर आम्चु गाउँपालिका-९ बस्ने १९ वर्षीय अंकित मगर, सर्लाही कबलासी नगरपालिका-३ बस्ने १९ वर्षीय जितेन्द्रर यादव र मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय धिरज बस्नेत रहेका छन् ।
नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ प १३६२ नम्बरको बसमा सवार अंकितलाई लागूऔषध गाँजा, सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २७७३ नम्बरको बसमा सवार जितेन्द्ररको साथबाट ५८ ट्याब्लेट नाईट्राभेट र मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ७४३५ नम्बरको बसमा सवार धिरजको साथबाट ६५ ट्याबलेट नाईट्राभेट फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-८ बाट हरिपुर नगरपालिका-६ बस्ने २० वर्षीय रवि कुमार साहलाई नियन्त्रित लागूऔषध ९ सय ट्याब्लेट नाईट्राभेट र १ बोतल डाईलेक्स डिसी सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार रविलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।