जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
कैलाली, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । कासिमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-५ ग्यालेक्सी टोल बस्ने २५ वर्षीय चन्दन तिवारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्दनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ओखलढुङ्गा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट देवाही गोनाही नगरपालिका-६ बस्ने ४९ वर्षीय चुनचुन साह कानुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चुनचुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट केतुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।