अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-७ बाट नियन्त्रण लागूऔषध ट्रामाडोल ३ सय ५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने पर्सा घर भएका २० वर्षीय समिर खान र काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुली घर भएका १९ वर्षीय सुमन भुजेल रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित लाफा ग्रिन एप्पल गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने स्याङ्जा घर भएका २८ वर्षीय सचित श्रेष्ठ र चितवन घर भएका ३१ वर्षीय दिप गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको १०४ नम्बरको कोठा तालसी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ९९ ट्याब्लेट र ऐनारगन १ हजार २ सय ४६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय किरण मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले ग.६ प ३०२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, माडी नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १ ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने २१ वर्षीय निर्मल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर बस्ने २१ वर्षीय दिर्घ बहादुर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१० बस्ने २८ वर्षीय बिक्रम नेपाली,२० वर्षीया सरिता माझी र ३५ वर्षीया लक्ष्मी तिमल्सिना रहेका छन् । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका-५ मुडेस्थित होटल दोलखा दर्शनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-४ बस्ने ३८ वर्षीय चिरञ्जिवी दुलाल, झापा मेचीनगर नगरपालिका-१२ बस्ने २८ वर्षीय अवि नारायण दुलाल, धनुषा मिथिला नगरपालिका-१० लालगड बस्ने २१ वर्षीया निम माई तामाङ र फिलिपिन्सका नागरिक ३८ वर्षीया रिहा लिल रहेका छन् । प्रहरी चौकी मुडेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५३ प ८६७५ नम्बर र बा.प्र.०२-०२० प ४९४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-२ डुम्रेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय बिनोद मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कन्काई नगरपालिका-३ गोहीखाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने २७ वर्षीय प्रदिप तामाङ्ग, दमक नगरपालिका-१ बस्ने २६ वर्षीय विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ बस्ने २३ वर्षीया मेरि राई रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले सरणामतीबाट सुरूङगातर्फ आउँदै गरेको को.३४ प ८२१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ९ सय ४६ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-२ घर भएका ५५ वर्षीय खड्ग बहादुर मोक्तान र मकवानपुर घर भएका ४९ वर्षीय लाल बहादुर स्याङतान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, विष्णु गाउँपालिका-५ फेन्हारा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९९ ट्याब्लेट सहित भारत बिहार सितामढी कचौर बस्ने २४ वर्षीय कृष्ण नन्दन कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बिआर ३० भि १३१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-२ रातमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ३० किलोग्राम सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय सन्च बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा. प्र.०२-०५३ प ६६९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । साथै उनीसँगै आइरहेका बा.६२ प १२८६ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय बिरेन्द्र रूम्बा तामाङको समेत उक्त लागूऔषध कारोबारमा संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।
बर्दिया, मधुवन नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय विपिन चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।