प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं,२०७८ असोज ६ गते
  भक्तपुर, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका-४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । धिमालले गत साउन १५ गते बिहान भक्तपुर मध्यपुर ठिमीस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-१ मा लुकीछिपी बसेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।
बर्दिया, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नागरपालिका-१ कुसुम्बा बस्ने २४ वर्षीय सुरेश मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले गत साउन २४ गतेदेखि असोज ६ गतेसम्म ती किशोरीलाई बिवाह गर्छु भन्दै ललाई फकाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरी कुटपिट तथा धाकधम्की समेत दिने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डडेल्धुरा, १३ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्शुराम नगरपालिका-१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका-५ घर भएका २७ वर्षीय जगदिश धामी रहेका छन् । ती किशोरीलाई दुई जना अपरिचित केटाहरूले असोज ५ गते बलत्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।