प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १३ जना पक्राउ

२०८२-१२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम ५ सय ६० मिलिग्राम र अफिम ५२ ग्राम सहित १० जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले झापा गौरीगंज गाउँपालिका-३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका-३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८ सय मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहित बहादुर राना र पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७ सय ६० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी उदयपुर कटारी नगरपालिका-६ घर भएका ३७ वर्षीय चेत बहादुर राउत र गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २८ वर्षीय अजय परियारलाई खैरो हेरोइन १० ग्राम तथा अफिम ५२ ग्राम सहित पक्राउ गरेको हो । यस्तै रौतहट वृन्दावन नगरपालिका-८ घर भएका ४३ वर्षीय सुवोध कुमार सिंहलाई खैरो हेरोइन ८४ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सुकमान, पवन, चेतबहादुर, अजय र सुवोध कुमारले यसअघि लागूऔषध मुद्दामा कैद भुक्तान गरिसकेको समेत खुल्न आएको छ । 

यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ९ सय ६० ग्राम सहित भारतीय नागरिक ३७ वर्षीय IMRAN AHAMED लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभन्ज्याङबाट अवैध लागूऔषध पोलेन २ सय ८ ग्राम र गाँजा २ सय ६० ग्राम सहित रोशी गाउँपालिका-११ बस्ने ४५ वर्षीय संजिव लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरीले मंगलटारबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-००७ प ४३८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बैतडी सुर्नया गाउँपालिका-३ बस्ने २३ वर्षीय अबिनाश कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१२-३०

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१० बस्ने २४ वर्षीय सुदिप रैदासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहा बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३२ वर्षीय हिरा लाल सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ट्याब्लेट सहित रोल्पा थबाङ गाउँपालिका-९ बस्ने २७ वर्षीय किरण बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, मकवानपुरगढी गाउँपालिका-६ सोल्टीमोडबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुजन लामा समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट खटिएको प्रहरीले बुढीचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.३५ प ३७३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-३ गौरीगंज बजारस्थित चौतारी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र गाँजा ६ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ गौरीगंज बुधवारे लाईन बस्ने २० वर्षीय रमेश डोम र गौरादह नगरपालिका-८ जुरोपानी बस्ने २१ वर्षीय पुजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, गौरादह नगरपालिका-१ चैतु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने १९ वर्षीय साने भन्ने सुरेन्द्र टुडु, २३ वर्षीय सन्तोष ताजपुरिया र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइल चोकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १ सय १० ग्राम सहित धनगढीमाई नगरपालिका-९ चैनपुर बस्ने ३३ वर्षीय राजेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले धनगढी जिरोमाईल बजारबाट सुखीपुरतर्फ जाँदै गरेको को.२ ह ७१९४ नम्बरको अटोमा स.२ प ९१६९ नम्बरको मोटरसाइकल टोचन गरी लैजाँदै गरेको अवस्थामा अटो तलासी गर्दा अटो भित्र बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक राजेशलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ  । दाङ, घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने २९ वर्षीय निर्झर केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घर नजिकै झाडीबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-७ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका-७ भासी बस्ने डडेल्धुरा घर भएका २४ वर्षीय कैलाश कुमार जोशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ४४ वर्षीय रमेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६५ मिलिग्राम सहित मोरङ केराबारी नगरपालिका-५ बस्ने ३२ वर्षीय बिमल भन्ने खगेन्द्र मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.२ प ९८७९ नम्बरको मोटरसाइकल चालक खगेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-१२-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३९ वर्षीय MOHSIN SALAUDDIN KHAN र ३१ वर्षीय MOHAMMED RAHIL MOHAMMED TAHIR GANGU रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र बुप्रेनोर्फिन ५४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१६ बस्ने ३६ वर्षीय दिनेश विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय राकेश तामाङ र ३५ वर्षीय राम कुमार रसाईली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२७ प ६८८६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१२ चपरगौडी बस्ने १९ वर्षीय प्रितम टमाटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-११ पर्गती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय जीवन चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीय संजय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित कैलारी गाउँपालिका-३ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ सुबाहलबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल, नाइट्राभेट २६ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद १७ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका-८ बस्ने ३४ वर्षीय आकाश खड्गीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५६ ट्याब्लेट र नगद ३ लाख ५० हजार ३ सय १० रूपैयाँ सहित सोही महानगरपालिका-११ वासहीटी बस्ने मोरङ घर भएका ३९ वर्षीय गोविन्द प्रसाद माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा.३४ प १५०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट, डिकोलिक ८ ट्याब्लेट र नगद ५ हजार ५ सय ८० रूपैयाँ सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र तोलाङग्रे, २८ वर्षीय बलराम तोलाङग्रे, २८ वर्षीय बलराम थापा, सोही नगरपालिका-५ टिकाथली बस्ने सिराहा घर भएका ३० वर्षीय रोसन कुमार सिंह र सोही नगरपालिका-४ सितलहाईट बस्ने सिन्धुली घर भएका २७ वर्षीय गणेश परियार रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम २ सय ३० मिलिग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने २६ वर्षीय झुमक बहादुर भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने प्युठान घर भएका ३३ वर्षीय सन्तोष जिसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने तनहुँ घर भएका ३० वर्षीय बिपिन अधिकारीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २२ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३२ वर्षीय बिकी बिश्वकर्मा र सोही उपमहानगरपालिका-१२ भोर्ले बस्ने ३० वर्षीय बुद्द स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ४८ वर्षीय कुल प्रसाद भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-१२-२९

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-१२-२८

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ६ सय ८८ ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   ललितपुर, गोदावरी नगरपालिका-५ लेलेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार,  ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सुशान ठाकुरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय पवन कुमार केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय समिर घर्ति र २६ वर्षीय रमेश गन्दर्भ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सुखीपुर नगरपालिका-८ महदेवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशिल कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ६ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अविशेक शर्मा, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय देव शर्मा र बझाङ जयपृथ्वी नगरपालिका-१० घर भएका २७ वर्षीय सन्जिव रिजाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ कोईलापानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट र एनारगन ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय सुनिल विक र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय अनिल सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा बरियारपट्टी गाउँपालिका-४ बस्ने २४ वर्षीय उदित नारायण राय अमात, मोरङ बेलबारी नगरपालिका-१० बस्ने ३७ वर्षीय पदम बहादुर जोगी र झापा मेचीनगर नगरपालिका-२ बस्ने २४ वर्षीय निकास आले रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०१-००१ ख ०६२८ नम्बरको हायसमा सवार उदितलाई ५ सय ३० मिलिग्राम, इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्रदेश०१-००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार पदमलाई १२ ग्राम ६ सय मिलिग्राम र काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६६० नम्बरको हायसमा सवार निकासलाई ३३ ग्राम ८ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-१२-२७

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४३ ट्याब्लेट र स्पास्पेन ४३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय उज्जल कार्की र कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय मिन कुमार चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ९७२६ नम्बरको हायसमा सवार उज्वललाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४३ ट्याब्लेट र स्पास्पेन ४३ ट्याब्लट तथा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ७७९५ नम्बरको हायसमा सवार मिन कुमारलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० घुईयाघाट बस्ने ३४ वर्षीय जगदिश राना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१२-२७

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बाट अवैध लागूऔऋध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९ ग्राम ५ सय मिलिग्राम, नगद १ लाख ७२ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २७ वर्षीय रामचन्द्र पुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, महानगरपालिका-३२ स्थित जडीबुटी न्यू आसियाना गेष्ट हाउस र गौशालास्थित लालिगुरास गेष्ट हाउसबाट अवैध लागऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३५ ग्राम र नगद ५७ हजार रूपैयाँ सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा जनकपुरधाम उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय रोशन कुमार साह, ३२ वर्षीया मिना कुमारी श्रेष्ठ र ललितपुर ग्वार्को बस्ने धनुषा घर भएका २४ वर्षीय दिपक कुमार महासेठ रहेका छन् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सर्लाही कविलासी नगरपालिका-१ घर भएका २२ वर्षीय बलराम कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०४९ प ६२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, झापा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-२ हिमाली टोल बस्ने २४ वर्षीय संगित शेर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-१ बस्ने २५ वर्षीय अरूण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २७ एम्पुल, प्रोमेथाजाइन २७ एम्पुल र बुप्रेनोर्फिन २७ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-५ बस्ने २० वर्षीय मोहन बहादुर माझी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ५५ एम्पुल, फेनारगन ५६ एम्पुल र बुप्रेनोर्फिन ५७ एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ पोखरा बसपार्क बस्ने ३४ वर्षीय गणेश खत्री र सोही महानगरपालिका-१२ बस्ने ३५ वर्षीय सुरेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट चितवनतर्फ आउँदै गरेको ना.४१ प ४३१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ तुलापुर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहति फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २९ वर्षीय बिशाल खाँण ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ख ००५४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहागनरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र डिकोलिक १ सय २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय सुबास राईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धादिङ, गल्छी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ३१ किलो ४ सय ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ किरानचोक बस्ने २५ वर्षीय हरि तामाङ र २५ वर्षीय आकाश तामाङ रहेका छन् । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले काठमाडौंबाट कपिलवस्तुतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।