लागूऔषध सहित ३ जना पक्राउ
२०७८-११-०५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका-२४ बस्ने २४ वर्षीय सागर पटेललाई नियन्त्रित लागूऔषध २ सय ४६ एम्पुल डाईजेपाम, २ सय ४६ एम्पुल फेनारगन र २ सय ४६ एम्पुल नुर्फिन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१ गुण्टेखोलाबाट सोही नगरपालिका-१ बस्ने २९ वर्षीय भुवन भुषाललाई ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका भुवनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ एयरपोर्ट नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय चन्द्र बहादुर रानालाई करिब २ ग्राम २ सय ८० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका चन्द्र बहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।