प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

२०७८-११-०५

  • A
  • A-
  • A+
Share

झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय भिष्म थापा, दमक नगरपालिका-९ चियादोकान चोक ठेगाना भएका ५० वर्षीया देवी बास्कोटा(गुरागाई), कन्काई नगरपालिका-३ ठेगाना भएका ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका-१ ठेगाना भएका ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका-५ ठेगाना भएका ३३ वर्षीय प्रदिप थापा, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ४५ वर्षीय विजय कुमार दास हलुवाइ र संखुवासभा खाँदवारी नगरपालिका-१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने २९ वर्षीय मनमोहन दाहाल रहेका छन् । 

विर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा गत माघ ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र “हिमाल सुरक्षा परिषद” नामको पर्चाहरु फेला परेको तथा माघ १३ गते दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु र पर्चाहरु फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संग्लग्न उनीहरुलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो । 

उनीहरु उपर विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।