अवैध लागूऔषध सहित पक्राउ
२०७८-११-०८
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१७ छोरेपाटन बस्ने १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख ८५८ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।