मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ
२०७८-११-०८
- A
- A-
- A+
पर्सा, मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका-१६ बस्ने २० वर्षीय ईरफान देवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-१९ बस्ने अनिल साहले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको ना.१६ प ६५९५ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त मोटरसाइकल सहित पक्राउ गरेको हो ।
उनीउपर चोरी कसूरमा अनुसन्धान भइरहेको छ ।