सानो एयरगन जस्तो देखिने हतियार सहित ४ जना पक्राउ
२०७८-११-०८
- A
- A-
- A+
सर्लाही, ईश्वरपुर नगरपालिका-१३ महारानी बजारबाट सानो एयरगन जस्तो देखिने हतियार सहित हरिपुर्वा नगरपालिका-६ हनुमान चौक बस्ने २३ वर्षीय सुनिल महतो समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा सुनिल महतोको साथमा रहेको उक्त हतियार फेला पारी सुनिलसँगै रहेका ३ जनालाई समेत पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।