प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल चोरी गरेको अभियोगमा १ जना पक्राउ

२०७८-११-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वर घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने २१ वर्षीय पुल्कित ठकुरीलाई तीन थान मोटरसाइकल चोरी गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित सडकमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले ठकुरीले चलाई ल्याएको बा.९२ प ३८ लेखिएको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा सवारी साधनको आवश्यक कागजपत्रहरु माग गर्दा सम्बन्धित कागजपत्रहरु दिन नमानेकाले शंका लागि मोटरसाइकलको निरीक्षण गर्दा अगाडि तथा पछाडीको नम्बर प्लेटमा टेपले अंक छोपिएको पाइएपछि थप सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल ललितपुर मङ्गलबजारबाट चोरी गरेको खुल्न आएको थियो । 

थप अनुसन्धानको क्रममा उनले बिभिन्न मितिमा कोटेश्‍वर इलाक समेतबाट चोरी गरी ल्याएका थप २ थान मोटरसाइकलहरु काठमाडौं महानगरपालिका-३२ नरेफाँट कोरिडोरस्थित खाली जग्गामा रहेको फोहोर फाल्ने थुप्रो नजिक लुकाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । 

उनीउपर चोरी गर्न नहुने कसूर मुद्दामा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान कार्य भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।