हत्यामा संलग्न रहेको अभियोगमा १ जना पक्राउ
२०७८-११-०८
- A
- A-
- A+
कपिलवस्तु, वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने एकलमहिला ६० वर्षीया यशोधा लोनियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मृतकको देवर नाता पर्ने सोही नगरपालिका-१० सोनपुर बस्ने ४० वर्षीय शम्भु लोनियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यशोधा लोनियाको गत मंसिर ११ गते आफ्नै घरभित्र कर्तव्य गरी हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न शम्भुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा मादक पदार्थ सेवन गरेको विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमती माईतीघरमा गएकीले शम्भु मंसिर १० गते राति यशोधाको घरमा गएको, मृतकसँग सहमतिमै शारीरिक सम्पर्क गरेको तथा पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोधाले ईन्कार गरी चिच्याएर हल्ला गर्छु भनेकीले घाँटी थिचिदा लल्याक-लुलुक भएपछि धोती र डोरीले दुवै हात टाउकोमाथि लगेर बाँधेर घर फर्केको खुल्न आएको हो ।
उनीउपर जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।