१७ केजी अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ
२०७८-०६-१०
- A
- A-
- A+
मोरङ, २०७८ असोज १० गते
बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
