प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७८-११-०९

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कस्थित वीरेन्द्र सिंहको सुदूर पश्चिम होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय महेश सिंह धामी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा जुवातास  खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ५ सय ९५ रुपैयाँ र ९ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार