जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-११-०९
- A
- A-
- A+
रुपन्देही, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओमसतीया गाउँपालिका-६ बस्ने २० वर्षीय ईन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अलीले ती किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।