प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंक तथा बित्तिय संस्था ऐन अन्तर्गतको कसूरमा संलग्न १ जना चिनियाँ नागरिक सहित ३७ जना पक्राउ

२०७८-११-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्‍वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा बिभिन्न एप्लिकेशनहरु मार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको संयुक्त  टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिभिन्न एप्लिकेशनहरु मार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ । 

उनीहरु उपर बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।