प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७८-११-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका-८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा-६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनि धनीपूर्जा र नक्शाको फोटो कपी दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाई विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडित मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हित बहादुरको नाममा नभएको खुल्न आएको थियो । 

अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनि बैना गर्न लगाई आफूलाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले हित बहादुरलाई कपनबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।