अवैध लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ
२०७८-११-१२
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरपालिका-६ रिछाहस्थित सडकबाट ४ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय दिपक बिष्ट र सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी बिक रहेका छन् । से.२ प ३४५४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार गोपीले मुखमा प्लाष्टिकभित्र लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।