प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०८२
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्ता सँग छलफल एवम् अन्तरक्रिया
२०८२-११-०५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

करिब १ हजार १ सय १५ किलो गाँजा सहित सुनसरी र पर्साबाट तीन जना पक्राउ
२०८२-११-०५

 सुनसरी, धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका-८ बस्ने संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमारलाई पक्राउ गरेको हो । यसैगरी बिएसि ३२३६ नम्बरको गाडीबाट २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा फेला पारी चालक नगेन्द्र राजलाई पक्राउ गरेको हो ।  पर्सा, पकाहा मैनपुर गाउँपालिका-२ कट्टी बालुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्राम सहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-११-०५

काठमाडौं, तारकेश्‍वर नगरपालिका-४ दगुर्नेपानी बस्ने काठमाडौं महानगरपालिका-१६ बाईसधारा घर भएका ३५ वर्षीय प्रताप शाही समेत २ जनालाई नियन्त्रित लागूऔषध फेनारगन २३ एम्पुल, डाईजेपाम २३ एम्पुल, नोर्फिन २३ एम्पुल र नगद १ लाख २ हजार ७ सय ४० रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ७ सय ३० मिलिग्राम सहित चिङ्गाड गाउँपालिका-७ बस्ने ४७ वर्षीय ललित चन्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १४ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय मिनिष पन्त र २० वर्षीय विवेक कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटीकोईलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको क.प्र.०२-००२ प ३४४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सिराहा, लहान नगरपालिका-६ राधा कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २५ वर्षीय सुमित यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-११ फूलबारी डेरा गरी बस्ने स्याङ्जा घर भएका ३१ वर्षीय सुरज सार्कीलाई नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६० ट्याब्लेट र ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपलिका-१ छोटे बस्ने २२ वर्षीय सुनिल वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय बिबेक गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१२ गैरी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने १९ वर्षीय आशिष बिक्रम शाही समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ चुम्लुङपथ बस्ने २४ वर्षीय संदिप लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कस्थित राजकिरण फेन्सी स्टोरबाट नियन्त्रित लागूऔषध डाईजेपाम  ३९ एम्पुल, फेनारगन ३४ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल सहित सोही स्टोरका संचालक भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २७ वर्षीय किरण जोशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ
२०८२-११-०४

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-९ बगैँचा लाइनबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ६० ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी, ४१ वर्षीय हेमन्त लामा र कोशी गाउँपालिका-५ कुमयाही बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-११-०४

झापा, बिर्तामोड नगरपालिका-७ मियाबारी बस्ने २३ वर्षीय मागु मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुर्खेत, गुर्भाकोट नगरपालिका-८ सुभाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३० वर्षीय हेमराज मल्ललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-८ विजयचोक डेरा गरी बस्ने चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ४ किलोग्राम गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट र नगद २ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएकी ५६ वर्षीया संच माया तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित पर्सा वीरंगज महानगरपालिका-१६ नागवा बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६ प ५००८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पुर्वी चम्पारण रक्शोल पनटोका पन्चायत-१३ बस्ने ५० वर्षीय संजय कुश्वाहा र मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४८ वर्षीय कान्छा राम मुक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३६ वर्षीय टोप बहादुर क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-२ बगनिया बस्ने २० वर्षीय सरोज तिरूवालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-८ सगरमाथा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण राजवंशी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले मे.१० प ३८७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कलकत्ता बस्ने २१ वर्षीय रियान्स राना र १९ वर्षीय प्रकाश राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भे.४ प ४९५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-११-०२

मोरङ, विराटनगर महानगरपालिका-१५ तिन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४२ ग्राम ८ सय १० मिलिग्राम सहित कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय सुर्य बहादुर विक समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे. १० प ८४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ कछुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ४० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने ४२ वर्षीय तिलक बुढाथोकी, सोही नगरपालिका-२ कछुबारी बस्ने ४२ वर्षीय गोबिन्द बस्नेत, सोही नगरपालिका-३ बस्ने ५२ वर्षीय टंक गिरी र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय उदय साह रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ आवारोडबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम र चरेस जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित सोही नगरपालिका-१२ आवारोड डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-८ कान्छिबजार घर भएका ४० वर्षीय बिशाल प्रताप राणा समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बिशालको डेरा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित उदयपुर कटारी नगरपालिका-१ बस्ने २५ वर्षीय संजीव क्षेत्री समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले उदयपुरबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ८५४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ७ सय  मिलिग्राम, १ थान एयरगन र नगद ६५ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार  साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडी सिंगास गाउँपालिका-१ घर भएकी २३ वर्षीया कविता भट्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ घर भएका ५६ वर्षीय महेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  महेशले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-०१

सुनसरी, धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राई समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८ ट्याब्लेट र स्पास्पेन २ सय ८ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अजय राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिनुभयो । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ-आफ्नो जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो । निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरू प्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउँदै निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त परिचालनमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समसामायिक विषयमा छलफल गरी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तु सम्बन्धी जानकारी समेत लिनुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-११-०१

सुनसरी, इनरूवा नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय प्रमेश्वर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-२० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ रक्तमाला टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २६ ट्याब्लेट र स्पास्पेन २६ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय फुर्वा तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३१ प ३०३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४८ ग्राम ५ सय ८० मिलिग्राम सहित भारत बिहार राज्य सिपवल समनपुर ग्राम बिरपुर थाना बस्ने २१ वर्षीय मोहमद नजरूल मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमेश रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ चोप्राहा बस्ने २६ वर्षीय विपिन कुमार मण्डललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०४-००१ प ५२७० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय इस्राईल साई लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत मोतिहारी पुर्वी चम्पारन थाना रक्सौल बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<
अधिक लोड >>
कम देखाउनुहोस् <<