"सत्य, सेवा सुरक्षणम्"
सुर्खेत, डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका-५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव मंगलबार फेला परेको छ । मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा उनी बेपत्ता भएका थिए । तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका-१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव बुधबार फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल नाम, थर, वतन खुल्न सकेको छैन ।बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको अवस्थामा शव फेला परेको हो ।उनीहरूको पहिचान तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।