प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : हिंसा
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०९-१८

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मुक्तिनाथ सहित ३ जनालाई राजारामले शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी पाँचपोखरीबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तिपेनी अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल काठमाडौं पठाएकोमा उपचारको क्रममा सोमबार बिहान मुक्तिनाथको मृत्यु भएको हो । घाइते भएका अन्य २ जनाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०७-०१

  बाँके, सल्यान बाङगार नगरपालिका-११ रैकर बस्ने ३० वर्षीय गोबिन्द बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित मिना दैलेखी होलटका संचालक २४ वर्षीय अम्मर हमाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित फुलबारी गेष्ट हाउसमा बसेका गोबिन्द अत्याधिक मादक पदार्थ सेवन गरी मिना दैलेख होटलमा प्रवेश गर्ने क्रममा अम्मरले शनिबार कुटपिट गर्दा गम्भिर घाइते भएका गोबिन्दको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-१८

बारा, आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका-३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।   उनीहरु उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-१८

उदयपुर, बेलका नगरपालिका-७ गोवाटार बस्ने एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय नर बहादुर बस्नेतलाई  शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित दिलुटार वादिम खोलामा नर बहादुरले खुकुरी प्रहार गर्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर, ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसूरमा संलग्न २ जना पक्राउ
२०७८-११-२१

काठमाडौं,  बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मान बहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन् । बुढानिलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मान बहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानिलकण्ठ नगरपालिका-५ स्थितमा मान बहादुरसँग भेट हुँदा याकुबले लागूऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मान बहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको हो ।  प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठी समेत बरामद गरेको छ ।    उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-१०-११

धनकुटा, आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौंबाट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी घरभित्र नै गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सिताको शव फेला परेको हो । उनी उपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । सिरहा, आफ्नै छोरा ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका-२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ
२०७८-०८-२१

काठमाडौं,  गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने काठमाडौं महानगरपालिका-७ गगाँहिटि ठेगाना भएका ४० वर्षीय मिलन जोशी र काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ माटी ठेगाना भएका रबिन्द्र बस्नेत रहेका छन् । उनीहरुले काठमाडौं पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई हामीहरु यस एरियाका दादा हौं भन्दै मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ दरले कमिसन दिनुपर्छ भनि पटक पटक धम्की दिदै आएको र मंसिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गर्दै हातपात समेत गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं मित्रपार्कबाट पक्राउ गरेको हो । उनीलाई आपराधिक लाभ लिएको कसूर मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।