बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।१०।१३ गते २०:१५ बजे सम्म ।
२०८२-१०-१३
- A
- A-
- A+
१. जिल्ला तनहुँ भानु
न.पा. ३ कुरकुन्ना स्थित डुम्रे बेशिशहर सडक खण्ड अवरोध
।
मिति २०८२।१०।०७ गते ०६:१० बजेदेखि
भानु न.पा. ३ कुरकुन्ना स्थित डुम्रे बेशिशहर सडक-खण्डमा सडक बिस्तार गर्ने क्रममा
ऐ. १५ गते सम्म निम्न समय अवधिभरका लागी
सडक अवरोध हुने ।
उक्त समय अबधिभर तुरतुरे पालुटारको
खत्रिटार हुदै बिमलनगर निस्किने बैकल्पिक सडक प्रयोग गरिने,
(१) बिहान ०६:००-०९:०० बजे सम्म
(२) बिहान ११:००-१६:०० बजे सम्म
(३) साझ १७:००-२१:०० बजे सम्म
२. जिल्ला सल्यान कपुरकोट
गा.पा.०३ राम्री स्थित राप्ती राजमा सडक खण्ड अवरोध ।
मिति २०८२।१०।०८ गते देखी ऐ.२५ गते सम्म दैनिक ११:०० बजे देखी १६:०० बजे सम्म जिल्ला सल्यान कपुरकोट गा.पा.०३ राम्री स्थित राप्ती राजमार्ग सडक खण्डमा मर्मत कार्य भईरहेको हुदा उक्त अवधी भरको लागी बैकल्पिक सडकखण्डको रुपमा लुहाम-कालीमाटी-तुल्सीपुर सडकखण्ड प्रयोग गर्ने गरी व्यावस्था मिलाईएकले सोही अनुसार गर्नुहुन अनुरोध ।
३. जिल्ला दाङ तुलसिपुर
उ.म.न.पा.३ हर्नेटी देखी राप्ती लोक मार्ग हर्नेटी कपुरकोट सडक खण्ड अवरोध ।
मिति २०८२।१०।०८ गते अं.११;१५ बजे जि.दाङ तुलसिपुर उ.म.न.पा.३ हर्नेटी देखी राप्ती लोक मार्ग हर्नेटी कपुरकोट सडक खण्ड विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको लागी सडक डिभीजन दाङले ०८ गते देखी ऐ.२५ गते सम्म बिहान ११;०० बजे देखी अपरान्ह १६;०० बजे सम्म सवारी साधन आगमन बन्द गराई सडक मर्मत कार्य भई रहेको र बैकल्पिक बाटो पैयाखोरिया-सातावास-किमुचौर हुदै कपुरकोट र तुलसिपुर देखी कालिमाटी सडकखण्ड प्रयोग गर्ने गरी ब्यवस्था मिलाईएको ।