वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१४
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता रसाईली रहेका छन् ।
पक्राउ मध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रूपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर ललितपुर महानगरपालिका-३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।