जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०७-१९
- A
- A-
- A+
नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय सुजित शर्मा समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।