प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०६-१७

  • A
  • A-
  • A+
Share

रुपन्देही, २०७८ असोज १७ गते

   २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका-६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।    पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०७-१९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका-६ बस्ने ४० वर्षीय सुबिन बैदार र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरूङ बस्नेत रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२ गतेको फैसलाले  बैंकिङ कसुर मुद्दामा १ करिड ५१ लाख जरिवाना र १ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुबिनलाई काभ्रे बनेपा नगरपालिका-७ बनेपाबाट बुधबार पक्राउ गरेको हो । यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका-१ रानीवनबाट मंगलबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये सुबिनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने दुर्गालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०७-१९

रौतहट, ईशनाथ नगरपालिका-४ महुलिया काली मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ३० लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारन ग्राम फुलबरिया-१३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त नगद गौर नगरपालिका-१ स्थित न्यू तराई ट्रेडर्सका संचालक ५१ वर्षीय शेख कमरूललाई दिन ल्याएको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रेडर्स तलासी गर्दा स्रोत नखुलेको नगद १४ लाख ६४ हजार ६ सय ५ रूपैयाँ फेला पारी शेखलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।