आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गर्ने पाँच जना पक्राउ
२०८३-०४-०८
- A
- A-
- A+
काठमाडौं, आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौ कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने प्युठान घर भएका २६ वर्षीय राम प्रसाद पोख्रेल, ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ताप्लेजुङ घर भएका २९ वर्षीय आईतमान ताम्लिङ लिम्बु, ३३ वर्षीय उज्वल लिम्बु, ललितपुर महानगरपालिका-७ घर भएका ४२ वर्षीय सन्दिप महर्जन र काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट Silver 6 WARM THERAPY OIL, JAIPHAL MIXED OIL, ALOEVERA SKIN SERUM, GOLDEN XXX CAMANDO POWER क्याप्सुल लगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ ।
प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको छ ।