प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बीमा ऐन अन्तर्गत कसुरमा संलग्न एक जना पक्राउ

२०८३-०४-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, बीमा ऐन, २०७९ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा झापा साबिक भद्रपुर गाविस-११ बस्ने ३९ वर्षीया मृदुला सरियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त कसुरमा पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ सानो गौचरणबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गर्ने पाँच जना पक्राउ
२०८३-०४-०८

काठमाडौं, आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने प्युठान घर भएका २६ वर्षीय राम प्रसाद पोख्रेल, ललितपुर महालक्ष्मी नगरपालिका-५ ‍टिकाथली बस्ने ताप्लेजुङ घर भएका २९ वर्षीय आईतमान ताम्लिङ लिम्बु, ३३ वर्षीय उज्वल लिम्बु, ललितपुर महानगरपालिका-७ घर भएका ४२ वर्षीय सन्दिप महर्जन र काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट Silver 6 WARM THERAPY OIL, JAIPHAL MIXED OIL, ALOEVERA SKIN SERUM, GOLDEN XXX CAMANDO POWER क्याप्सुल लगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ ।प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको छ ।

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ
२०८३-०४-०८

ललितपुर, महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा पठाओ चालक ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय प्रविन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रविनले महिला सेवाग्राहीलाई पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र निजको फोन नम्बरमा कल तथा मेसेजद्वारा अश्लिल, अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका-३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् ।  पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-७ बाट र अमृतलाई ललितपुर महानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।