चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
पर्सा, चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-३० बस्ने २८ वर्षीय आकाश यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०८१ चैत २२ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१९ बिन्दवासिनीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।