प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शिक्षा ऐन अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

२०८३-०४-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने कैलाली घोडाघोडी नगरपालिका-११ घर भएका ३३ वर्षीय संदिप सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनलाई मध्यपुर थिमी नगरपालिका-१ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले गत ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फको एमबिएस प्रथम सेमेष्टरको MGT 515: Organizational Behaviour विषय परीक्षाको प्रश्नपत्र विभिन्न वाट्सएप समुहहरूमा साझा गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२८

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने धनुषा, धनुषाधाम नगरपालिका-७ घर भएका ४१ वर्षीय राज कुमार महरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ शम्भुमार्गबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने पर्वत मोदी गाउँपालिका-५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०४-२८

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट कर्तब्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०४-२७

काठमाडौं महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीस्थित आँचल फ्रुट सेन्टर फलफुल पसलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार ५ सय रूपैयाँ सहित पसल संचालक सोही ठाउँ डेरा गरी बस्ने पर्सा छिपहरमाई गाउँपालिका-१ घर बताउने ३३ वर्षीय जितेन्द्र साह तुरहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ६५ लाख ५६ हजार ८ सय नेपली रूपैयाँ र ३ लाख ४ हजार ३ सय भारतीय रूपैयाँ फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२७

ललितपुर, सुन तथा चाँदीका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-१४ टैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित घरबाट सुन तथा चाँदीका गरगहना शुक्रबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बा.९० प २०६४ को मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सुन तथा चाँदीको जस्तो देखिने धातुका विभिन्न गरगहना समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धाको क्रममा उनले सोही दिन थप चार ठाउँ समेतमा चोरी गरेको खुल्न आएको छ । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।