अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८३-०४-११
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १ सय ७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।