अभद्र व्यवहार गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०४-१२
- A
- A-
- A+
काठमाडौं, अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-९ बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय आशिष मोक्तान, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने काभ्रे महाभारत गाउँपालिका-६ घर भएका ४१ वर्षीय लोकमान मोक्तान र ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन् ।
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरू समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिई अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।