ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-१३
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ५६ वर्षीया गौरी प्रभा श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपरारध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-९ कमलबिनायकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।