अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-१५
- A
- A-
- A+
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ मैत्रीपथ बस्ने ४० वर्षीय दिपक कुमार तेलीलाई नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ४५ ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले दिपकले सोही ठाउँमा संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ५ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१२ बस्ने २६ वर्षीय प्रेम अछामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.०२-०४८ प ६१३९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।