जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-१६
- A
- A-
- A+
पर्सा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरिया नगरपालिका-२ लमरिया बस्ने २३ वर्षीय सदाम अन्सारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साबाट २०७८ फागुन २९ गते उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेश गरिएको छ ।