कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-१६
- A
- A-
- A+
कञ्चनपुर, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लालझाडी गाउँपालिका-४ डाँडाजादे बस्ने ३५ वर्षीय टुकु बस्ने राजेश रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरबाट २०८२ मंसिर २८ गते उक्त मुद्दामा २० वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।