अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-१६
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय क्रिस शर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बेलुवा बस्ने ३० वर्षीय तेज बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका-२ धोबि बस्ने २७ वर्षीया प्रमिला लामालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ५० ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० आदर्श टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद १३ हजार ७ सय ७५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ सुन्दर बस्ती बस्ने २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिम रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रोहित घिसिङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ जिरो ड्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय लोकेन्द्र बहादुर रावल र वीरेन्द्रनगर नगरपालिका-२ भुरेली गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय चित्र थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० तरहरा बस्ने ३४ वर्षीय बुद्ध राई, मोरङ मिक्लाजुङ गाउँपालिका-२ बस्ने २३ वर्षीया रोमी लिम्बु र झापा दमक नगरपालिका-७ बस्ने २९ वर्षीय करण मल्लिक रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को.३४ प २६८९ नम्बर र मे.६ प १८२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, कनकाई नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २ ग्राम ३ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ट्याब्लेट र नाइट्राभेट ७ हजार ४ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया कुरसाकट्टा-८ छिप्टिया टोल बस्ने २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा-७ तकियाटोल बस्ने २८ वर्षीय मो. एजवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१३ सिजस्वर्ग टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय १० मिलिग्राम, नगद ७४ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।