प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

२०८३-०४-१७

  • A
  • A-
  • A+
Share

पर्सा, जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको २ लाख ९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले ना.१० प ४४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-१९

ललितपुर, कर्तव्य ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ३० वर्षीय प्रदिप थापा मगर, ३० वर्षीय प्रबिन थापा मगर र ३० वर्षीय गोपिनी थापा मगर रहेका छन् ।गोदावरी नगरपालिका-८ डुकुछापकी एक युवतीको २०७७ चैत २ गते हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-११ घर भएका ४४ वर्षीय नवराज भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।नवराजले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध रूपमा भिओआइपी संचालनमा संलग्न चार जना पक्राउ
२०८३-०४-१८

 काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी डेरा गरी बस्ने गोरखा घर भएका २२ को वर्षीय प्रोशेस गुरूङ, काठमाडौं महानगरपालिका-७ गणेशस्थान बस्ने शंखरापुर नगरपालिका-१ घर भएकी २० वर्षीया मुना श्रेष्ठ, भक्तपुर सूर्यविनायक नगरपालिका-४ डेरा गरी बस्ने कञ्चनपुर घर भएका २१ वर्षीय जेनित झुकाल र भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रोशेस र मुनालाई बिहीबार तथा जेनित र कृष्णलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले प्रोशेसको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, सिमकार्ड २२ थान, राउटर १ थान, मुनाको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, राउटर थान-१ सिमकार्ड २० थान, जेनितको साथबाट ११२ पोर्टको भिओआइपी डिभाइस ५ थान, ब्याट्री ८ थान, इन्भर्टर १ थान, सिमकार्ड १ सय ५३ थान र कृष्णको साथबाट ब्याट्री ८ थान, युपिएस १ थान, इन्टरनेट हव १ थान, ल्यापटप १ थान लगायतका उपकरण तथा सामग्रीहरू बरामद गरेको छ । पक्राउ मध्ये प्रोशेस र मुना उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा जेनित र कृष्ण उपर जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।