कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-१९
- A
- A-
- A+
ललितपुर, कर्तव्य ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ३० वर्षीय प्रदिप थापा मगर, ३० वर्षीय प्रबिन थापा मगर र ३० वर्षीय गोपिनी थापा मगर रहेका छन् ।
गोदावरी नगरपालिका-८ डुकुछापकी एक युवतीको २०७७ चैत २ गते हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।