अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-१९
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-४ न्यूरोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २६ ग्राम २ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख २ हजार २ सय ४० रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने नेपालगंज उपमहानगरपालिका-४ सुर्जी गाउँ घर भएका ३० वर्षीय सुशील भण्डारी र सोही उपमहानगरपालिका-१० घर भएका ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित पाख्रिबास नगरपालिका-७ मुगा बस्ने ३२ वर्षीय हरी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारी मदन आश्रित टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१८ बस्ने १८ वर्षीय किशोर र भीमदत्त नगरपालिका-६ ऐठपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय मनोज कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेराबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७३ ग्राम सहित सोही उपमहानगरपालिका-७ मनेरा बस्ने २९ वर्षीय नन्दलाल राना समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले से.२ प ६०७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनियास्थित हाटबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बौनिया गाउँ बस्ने २४ वर्षीय प्रवेश चौधरी र २६ वर्षीय सन्जय कुस्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-११ बानडाँडा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट र डाइक्लोमाइन ९ सय ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय डिकेन्द्र लिम्बु र धनकुटा पाख्रीबास नगरपालिका-५ बस्ने २० वर्षीय प्रजोल राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ कालिकाटोलबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल, डाइजेपाम ७ एम्पुल र बुप्रेनोर्फिन ९ एम्पुल सहित मकवानपुरगढी गाउँपालिका-४ बन्दडाँडा बस्ने २४ वर्षीय सिजन तामाङ समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.६ प १२७१ नम्बर र ना.५७ प ७३६४ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।
मोरङ, जहदा गाउँपालिका-६ पोखरियाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट र स्पास्मो ३ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-७ बस्ने २१ वर्षीय श्रवन खडियारी र २० वर्षीय सविन उराउलाई रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, म्याग्दे गाउँपालिका-१ बरचौरबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित गोरखा गण्डकी गाउँपालिका-६ बस्ने २२ वर्षीय गोपाल थापा मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग. ७ प १३३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय मान बहादुर गन्धर्वलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, कोल्हवी नगरापलिका-८ बाट अवैध लागूऔषध गाँजा १४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट २ ट्याब्लेट सहित जीतपुरसिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २५ वर्षीय रबि घिसिङ समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सप्तरी, कन्चनरूप नगरपालिका-७ बलुवा चोकबाट अवैध लागूऔषध गाँजा ९ किलो ९ सय ३० ग्राम सहित भोजपुर पैवादुबा गाउँपालिका- ६ बस्ने २३ वर्षीय सागर राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।