हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०४-१९
- A
- A-
- A+
सोलुखुम्बु, आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको अभियोगमा सोलुदुधकुण्ड नगरपालिका-१ लुदु बस्ने २३ वर्षीय निर बहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निर बहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले निर बहादुरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका कृष्ण गोपालको स्वास्थ्य चौकी नुनथलामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।