ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-६ घर भएका ४३ वर्षीय सूर्यमान तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।