प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चाँदीका विभिन्न गरगहना तथा तयारी सामानहरू सहित दुई जना पक्राउ

२०८३-०४-३०

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट बिल बिजक नभएका करिब ४७ लाख रूपैयाँ बराबरको ११ किलो ६ सय ८२ ग्राम तौलको चाँदीको जस्तो देखिने विभिन्न गरगहना तथा तयारी सामानहरू सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-६ बस्ने ३६ वर्षीय पदम बहादुर विक र उर्लाबारी नगरपालिका-६ बस्ने ४४ वर्षीय खगेन्द्र गजमेर रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरीले को.१ च ८६६२ नम्बरको सुमो जाँच गर्दा उक्त गरगहना तथा सामानहरू फेला पारी चालक पदम र सुमोमा सवार खगेन्द्रलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरण पठाइएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदम बहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिव नारायण चौधरी रहेका छन् । पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका-१६ बाट र पदमलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न सात जना पक्राउ
२०८३-०४-३०

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ७ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका-५ फापरबारी बस्ने २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका-४ बस्ने २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका-५ बस्ने २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका-२ बस्ने २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका-३ बस्ने २२ वर्षीय प्रदिप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका-८ बस्ने २३ वर्षीय देव कुमार श्रेष्ठ रहेका   छन् ।   काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने झापा घर भएका पीडितलाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी, बन्धक बनाई कुटपिट समेत गरी पीडितको परिवारसँग १८ लाख रूपैयाँ फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको उद्दार समेत गरेको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी बस्ने पर्वत महाशिला गाउँपालिका-५ घर भएका ४० वर्षीय तुल प्रसाद अधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।