अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०५-०४
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२ ग्राम ५ सय ८० मिलिग्राम, नगद ४ लाख रूपैयाँ र डिजिटल तराजु २ थान सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखा शैलुङ नगरपालिका-८ घर भएका २५ वर्षीय सविन कार्की र सप्तरी शम्भुनाथ नगरपालिका-७ घर भएका ४१ वर्षीय अजय दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।