प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

२०८३-०६-२९

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ चतरा बस्ने ५१ वर्षीय मिलन बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२९

काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ९६ ग्राम र डिजिटल तराजु १ थान सहित रसुवा उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्च बहादुर गोलेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१७ रानी घर भएका १९ वर्षीय बासु मण्डल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । सर्लाही, हरिवन नगरपालिका-४ तिनघरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मनहरी गाउँपालिका-९ रजैया बस्ने ५१ वर्षीय सिताराम अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।कञ्चनपुर, पुनर्वास नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय राजेश कोली, २३ वर्षीय सुरेश कोली र भारत लखिपुर खिरी बसई घर भएका ३० वर्षीय राम पुकार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ६७६३ नम्बरको मोटरसाइकलमा सवार राजेश र सुरेशलाई ४ ग्राम ४ सय १० मिलिग्राम तथा युपि ३१ सिपि ६९७८ नम्बरको मोटरसाइकलमा सवार रामलाई ३ ग्राम ७ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो दखिने पदार्थ ९ सय मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ सैलुङ टोल बस्ने ३३ वर्षीय विर बहादुर परियार र तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दर बजार टोल बस्ने ३२ वर्षीय पुर्ण बुढा मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट सर्राबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला बस्ने २४ वर्षीय मिलन बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले मिलनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-२८

 काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय चन्द्र बहादुर कामी र ठाकुरबाबा नगरपालिका-१ बस्ने २६ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०१-००५ प १३७८ र भे.१२ प ४६९७ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय पंकज बाल्मिकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाजुरा खप्तड छेडेदह गाउँपालिका-७ घर भएका १९ वर्षीय रोहित नेपाली समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०६-२७

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो  हेरोइन १४ ग्राम ६ सय ९० मिलिग्राम र नगद २० हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय उद्वव साहु, ३२ वर्षीय महेन्द्र चन्द र सोही नगरपालिका-३ बस्ने ३० वर्षीय मुकेश मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ अठारघरे कालिझोडा बस्ने २७ वर्षीय अनिश माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, गोलबजार नगरपालिका-१ बैरीबाणबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१३ बस्ने १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यमबाबु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स.६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, घोराही उपमहानगरपालिका-९ चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्र बहादुर घर्ती मगर समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम २ सय ३० मिलिग्राम र नगद ७९ हजार ५ सय रूपैयाँ सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी दाङ, राप्ती गाउँपालिका-१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोहि गाउँपालिका-१ बस्ने २० वर्षीय सुजल थापा र २२ वर्षीय शिब बहादुर पुन मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ स्कुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय कपिल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ बस्ने ४० वर्षीय गणेश बास्फोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ६५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ४९ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-२७

उदयपुर, बेलका नगरपालिका-५ सुपाडे देउरालीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५९ किलो ४ सय ग्राम सहित सप्तरी सप्तकोशी नगरपालिका-८ आदोरा बस्ने २८ वर्षीय पशुपती साफीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक पशुपतिलाई पक्राउ गरेको हो ।  सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ बस्ने ४३ वर्षीय जगदिश यादवलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९० किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले जगदिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।